नेप्से इन्ट्राडे अपडेट: लगभग १४ अङ्कको गिरावट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९१० को नजिक आएको छ। १४.०४ अङ्कले घटेर नेप्से परिसूचक १९१२.२४ मा आएको हो । आज २ घण्टामा लगभग २८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा ओरिएन्टल होटेल्स रहेको छ जसको ३.०८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा १०% नेपाल इन्भेस्टमेन्ट डिबेन्चर रहेको छ जसले ९.५८% गुमाएको छ ।

Comments

Back to top