सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा असोज ११ गते, के-के छन् एजेन्डा?

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा असोज ११ गते बोलाएको छ । सभा कुण्डलीनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।  सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १:१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१:४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

Comments

Back to top