जनरल इन्स्योरेन्स लिमिटेडले बोलायो विशेष साधारणसभा, मर्जर प्रस्ताव पारित हुँदै

जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा असोज ११ गते अमृतभोग कालिकास्थान काठमांडौमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । दुई कम्पनीहरु १:१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ ।

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१:४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ । 

Comments

Back to top