श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँड हुने
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार भदौ २७ गते बाँडफाँड हुने भएको छ । संस्थाले भदौ १५ गते भदौ १९ गते सम्म साधारण सेयर बिक्री खुल्ला गरेको थियो । आईपीओको बाँडफाँड बिहान ९:१५ बजे सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा हुने छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । जसमा ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १८ लाख ७० हजार आवेदको हात रित्तो हुने देखिएको छ ।
Comments