इमर्जिङ्ग नेपालले 'इमर्जिङ्ग भेञ्चर' कम्पनीमा लगानी गर्ने
इमर्जिङ्ग नेपाल कम्पनी लिमिटेडले इमर्जिङ्ग भेञ्चर कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी भई कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता नं. २९८५४७/०७९/०८० भई मिति २०७९/०५/२२ मा स्थापना भएको इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीमा प्रतिकित्ता १०० रूपैयाँका दरले ६ करोड ५० लाख रूपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता लगानी गर्न कबुल गरेको जानकारी गराएको छ ।
त्यसैगरी, उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ ।
Comments