इलेट सिद्दान्त अनुसार बजार बटम लगाउन सक्ने फेजतिर हो त ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
खस्दो बजारमा नेप्सेले वियरिस स्पिनिंग टप क्यान्डल बनाउँदै १९२६ .२८ बिन्दुमा बन्द भएको छ , जसले बजार पूर्ण रुपमा कारोबार अवधिभर बिक्रीकर्ताको नियन्त्रणमा रहेको जानकारी गराउँदछ l अर्कोतर्फ, अन्तिम वेभको तेस्रो वेभ चलेको हुँदा भारि गिरावट आएको देख्न सकिन्छ l
घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ, यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l
बोलिंजर ब्याण्ड :
लोवर ब्याण्ड र अपर ब्याण्डको दुरी बढे संगै बजारमा भोलाटालिटि बढेको देख्न सकिन्छ l बजार बढेर मिडल ब्याण्डलाई रेसिस्टेन्स लिएर पुन: खसेको बजारले नयाँ बटमलाई ब्रेक गर्न नसकेमा सुरक्षित लगानी रणनीति तय गर्न सकिन्छ l
आर.एस.आई
आर.एस.आई २८ बिन्दु आसपास आएको छ l खस्दो बजारमा यसले २३ बिन्दु आसपासमा बलियो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा हो l यसले खरिद निर्णय दिन अरु समय लगाउन सक्ने कुरा बढेको हिस्टोग्रामबाट अनुमान लगाउन सकिन्छ l त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ, जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ भोलीबाट पनि ए. डी. एक्स लाईन पुन: बढेर २० बिन्दु आसपास जान्छ भने चाहिँ फेरी तीव्र गिरावट आउन सक्ने अनुमान लगाउन सकिन्छ l
निस्कर्ष :
इलेट वेभ सिद्धान्त अनुसार बजार विश्लेषण गर्दा लगभग बटम फेज तिर आएको आँकलन गर्न सकिन्छ l त्यसैगरी, सपोर्ट रेसिस्टेन्सबाट पनि पहिलो सपोर्ट १९००-१९१५ मा देखिन्छ l तथापि, बटम फिसिंग गरेर नयाँ इन्ट्री लिनको लागि एउटा सानो बढाई गएर खसेको बजारले पहिलेको बटम विन्दु ब्रेक नगरी बढन थाल्दछ छ भने चाहिँ लिन सकिनेछ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments