नेप्से इन्ट्राडे अपडेट: लगभग २ अङ्कको वृद्धि !
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४० को नजिक आएको छ। २.१२ अङ्कले बढेर नेप्से परिसूचक १९३९.८६ मा आएको हो । आज २ घण्टामा लगभग २२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा माहुली लघुवित्त रहेको छ जसको ३.९४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा अपर हेवाखोला हाइड्रो पावर रहेको छ जसले ४.२४% गुमाएको छ ।
Comments