कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको जम्मा १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न चाहेका संस्थापक सेयरधनीले भदौ २६ गतेबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । सेयरको मूल्य भने तोकिएको छैन ।

Comments

Back to top