ङादी ग्रुप पावरको सेयर लिलामी मार्फत बिक्री हुँदै

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी मार्फत बिक्री हुने भएको छ । यसमा असोज २ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सर्वसाधारण समूहको सेयर बिक्री हुन लागेको हो ।  यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानि त्यसभन्दा बढी मूल्य तोकेर बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।


ङादी ग्रुप पावरले  साउन १८ गतेबाट १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको  हकप्रद सेयर माग अनुसार आवेदन नआएकाले बाँकी सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो  । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर,नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरुः विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, नेपालगन्ज, सुर्खेत, पोखरा, बाग्लुङ्ग , बुटवल, घोराही, घनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । 

Comments

Back to top