कच्चा तेलको मूल्य पुन: बढ्दै !

विश्व-बजारमा कच्चा तेलको मूल्य पुन: बढ्न थालेको छ । 

गत साता गिरावट आएको मूल्य यो साताको सुरुवातदेखि नै तीब्र गतिमा बढ्न थालेको हो । 

हिजो कच्चा तेलको मूल्य एकैदिन उच्च अंकले बढेको थियो । यो क्रममा ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलरको उचाईमा पुगेको थियो । 

यस्तै, डब्ल्यूटीआई क्रूडको मूल्य समेत बढेर  ८६.७९ डलर प्रतिब्यारेलको कारोबार हुन थालेको हो । डब्ल्यूटीआई क्रूडको मूल्य पनि एकैदिन ३.२५ प्रतिशतले बढेको हो । 

यसै बीचमा कच्चा तेल उत्पादक देशहरुको संगठन ओपेकले दैनिक तेल उत्पादनमा केही कटौति गर्दै मूल्यलाई धेरै तल झर्न नदिने रणनीति लिएको थियो । यसकारण, आउने दिनहरुमा विश्लेषकहरुले अनुमान गरेजस्तो कच्चा तेलको मूल्य धेरै तल झर्न सक्ने सम्भावना कम भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

Comments

Back to top