बरुण हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने म्याद थप

 बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  तर यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

Comments

Back to top