माछापुच्छ्रे बैंकले सेयरधनीलाई पुरानो लाभांश लिन बोलायो

माछापुच्छ्रे बैंकले विभिन्न आर्थिक वर्षको नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७३–७४ को ६%, २०७४–७५ को १०%, २०७५–७६ को ११% र २०७६–७७ को ३.३७% नगद लाभांश लिन नआएपछि सूचना जारी गरेको हो । यस्तै, बैंकले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । खाता अपडेट गरेपछि मात्र नगद लाभांश पाइने बैंकले जनाएको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

Comments

Back to top