भारत सरकारद्वारा चामल निर्यातमा २०% भन्सार शुल्क लगाउने निर्णय

छिमेकी मुलुक भारतले बासमती बाहेकका चामल निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको हो। यस्तै, भारतले कनिका निर्यातमा पनि रोक लगाउने निर्णय गरेको छ। 

विदेशी व्यापार महानदेशालय (डीजीएफटी) ने बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘कनिको निर्यातको श्रेणीको ‘मुक्त’ से ‘प्रतिबन्धित’मा संशोधित गरिएको छ। यो अधिसूचना शुक्रबार (सेप्टेम्बर ९) बाट लागू हुनेछ।’

संस्थागत नीतिको सम्बन्धमा विदेशी व्यापार नीति २०१५–२०२० का आधारमा यो सूचना लागू हुने छैन। भारत सरकारले सेप्टेम्बर १५ पछि भने कनिकाको केही ब्याच निर्यातका लागि अनुमति भने दिने बताईएको छ। 

यसैगरि, भारतले बासमती बाहेकका चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ। भारतमा चामल उत्पादन घटेसँगै घरेलु बजारमा उपलब्ध गराउन भारत सरकारले यो कदम उठाएको विश्लेषकहरुले बताएका छन्।
 

Comments

Back to top