जेफ बेजोसलाई  समेत पछि पार्दै गौतम अडानी पुन: बने विश्वका तेस्रो धनीव्यक्ति

विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीको बढोत्तरी चलिरहेको छ। विगतमा सूचीमा एक स्थान तल झरेपछि अडानीले फेरि एकपटक माथि चढेका छन्। सम्पत्तिको हिसाबले अमेजनका जेफ बेजोसलाई पछि पार्दै अडानी फेरि विश्वका तेस्रो धनीव्यक्ति बनेका छन्। 

फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानीको कम्पनीको सेयरमा भएको उछालले उनको नेटवर्थलाई बढाएको छ। अहिले उनको कुल सम्पत्ति १४८.८ अर्ब डलर पुगेको छ। योसँगै अडानी फेरि शीर्ष ३ धनीको सूचीमा पुगेका हुन्। 

फोर्ब्सका अनुसार जेफ बेजोसको कुल सम्पत्ति १३६.७ अर्ब डलरमा झरेको छ । सम्पत्तिमा आएको यो गिरावटका कारण उनी अहिले विश्वको चौथो धनी व्यक्ति बनेका छन्। 

अडानी र बेजोसको सम्पत्तिको अन्तरको कुरा गर्ने हो भने उनीहरुको कुल सम्पत्तिमा १२.१ अर्ब डलरको अन्तर छ । यसपछि एलोन मस्क र बर्नार्ड अर्नाल्ट शीर्ष अर्बपतिहरूको सूचीमा गौतम अडानीभन्दा अगाडि छन्।

Comments

Back to top