लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको र त्यसपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
Comments