सानिमा माई हाइड्रोपावरको साधारणसभा कार्तिक २ गते, बुक क्लोज कहिले ?

सानिमा माई हाइड्रोपावर लिमिटेडले एघारौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आगामी कार्तिक २ गते स्मार्ट दरबार, व्यांक्वेट, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनका साथै वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गर्नुका साथै लेक्षपरीक्षण नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Comments

Back to top