दुई हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशन गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड
सगरमाथा हाइड्रोपावर लिमिटेड र माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएका छन् । दुवै कम्पनीले आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । सगरमाथाले भदौ ९ गते र माईखोलाले भदौ २२ गते सेबोनमा आवेदन दिएका हुन । सगरमाथा हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
त्यसैगरी, माईखोला हाइड्रोपावरले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशन गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछन । दुवै कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
Comments