खस्दो बजार कहाँबाट फर्किएला ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

खस्दो बजारमा नेप्सेले वियरिस डोजी  क्यान्डल बनाउँदै १९३७ .७४ बिन्दुमा बन्द भएको छ l यसले बजारमा बिक्रिकर्ता निरन्तर हावी भएको हुँदा  प्यानिक बिक्री आएको स्पस्ट संकेत गर्दछ l अर्को तर्फ बटम लाग्ने फेजमा क्यप्चुलेसन ( प्यानिक बिक्री ) आउन सक्ने हुँदा एउटा सानो बढाई बढे पछि फेरी खसेको बजारले पहिलोको बटमलाई ब्रेक गर्न सकेन भने सुरक्षित बजार प्रवेश गर्न सकिन्छ l 

सपोर्ट र रेसिस्टेन्स : 

 

घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्को तर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 लोवर ब्याण्ड नजिक आएर बनेको सुटिङ्ग स्टार क्यान्डलले यो ब्याण्डलाई केही तल मोडारी दिन  सक्ने हुँदा अन्तिम खसाई खस्न सक्ने अनुमान लगाउन सकिने  कुरालाई अन्तत : बजारले लगतार प्रमाणित गरिदिएको छ l  तसर्थ बोलिंजर ब्याण्डलाई क्यान्डलले स्पर्स गरुन्जेल सम्म नयाँ खरिदको निमित्त हतार नगर्दा लाभदायक हुनेछ  l  

आर.एस.आई

  

 

आर.एस.आई   ३० को आसपासमा आईसकेको हुँदा अबको नयाँ सपोर्ट २३ बिन्दुको रेन्जमा देखिएको छ l सामान्यतया ३० भन्दा मुनिको बजारलाई ओभर सोल्ड जोन भनिन्छ l त्यसकारण पनि बजारले अन्तिम सपोर्ट २३ आसपासमा लिन सक्ने प्रवल सम्भावना बढेर गएको देखिन्छ  l 

 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा  हो  l यसले खरिद निर्णय दिन अरु समय लगाउन सक्ने कुरा बढेको हिस्टोग्रामबाट अनुमान लगाउन सकिन्छ l  त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर  बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l


 

नेप्सेको  पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l  सबै इन्डिकेटरबाट बजार विश्लेषण गर्दा खसाई रोकिएर बटम लागि सकेको आधार कतै नदेखिएको हुँदा एउटा खसाई अरु खस्न सक्ने सम्भावना बढेर गएको छ भन्ने हिजोको रिपोर्टलाई  अन्तत : बजारले प्रमाणित  गरिदिएको छ l इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १८९०-१९१५ रेन्जमा रहेकाले केही अंक बजार खस्न सक्ने अनुमान लगाउन सकिन्छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top