नेप्सेमा करिब २ अङ्कको गिरावट, कारोबार रकम १ अर्ब माथि !
आज बिहिबार २.१३ अङ्कले घटेर ०.११% गिरावटको साथ नेप्से परिसूचक १९३७.७४ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये ११७ कम्पनी उकालो लागेको छन्, ६१ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुमध्ये ६ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा ग्लोबल आईएमई लघुवित्त रहेको छ जसको ४.४९% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सामुदायिक लघुवित्त रहेको छ जसको सेयर मूल्य ६.४९% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन एभरेस्ट इन्स्योरेन्सको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।
Comments