नेप्से इन्ट्राडे अपडेट: लगभग ३ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४० को नजिक आएको छ। २.९० अङ्कले घटेर नेप्से परिसूचक १९३६.९७ मा आएको हो । आज २ घण्टामा लगभग ३१ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालयन एभेरेष्ट इन्स्योरेन्स रहेको छ जसको ४.२१% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा अपर हेवाखोला हाइड्रो पावर रहेको छ जसले ७% गुमाएको छ ।

Comments

Back to top