प्रभु क्यापिटलको साधारण सभा भदौ ३१ गते, सेयरधनीलाई ९ प्रतिशत लाभांश

प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौधौ वार्षिक साधारण सभा भदौ ३१ गते होटल एलफ्ट छाँया सेन्टर काठमाडौँमा दिनको १२:३० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।

Comments

Back to top