आज २० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (भदौ २३) गते २० अर्ब रुपैयाँको रिपो जारी गर्दैछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

 वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले असोज ६ गते परिपक्व हुने यो रिपो दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्ने उपकरण हुन् ।

Comments

Back to top