नेप्सेमा करिब १२ अङ्कको गिरावट, कारोबार रकम मात्र ८२ करोड !
आज बुधबार ११.९७ अङ्कले घटेर ०.६१% गिरावटको साथ नेप्से परिसूचक १९३९.८८ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये ३१ कम्पनी उकालो लागेको छन्, १४७ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुमध्ये १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सनराइज फर्स्ट म्युचल फन्ड रहेको छ जसको ७.७२% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा १०% प्राइम डिबेन्चर २०८८ रहेको छ जसको सेयर मूल्य ५.८८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेपाल टेलिकमको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।
Comments