नेप्से इन्ट्राडे अपडेट: लगभग १६ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। १५.९८ अङ्कले घटेर नेप्से परिसूचक १९३५.८७ मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सनराइज फर्स्ट म्युचल फन्ड रहेको छ जसको ६.०५% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा उन्नति सहकार्य लघुवित्त रहेको छ जसले ६.८९% गुमाएको छ ।
Comments