सनराइज फर्स्ट म्युचुअल फण्डले तोक्यो बुक क्लोज मिति

सनराइज फर्स्ट म्युचुअल फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसले आर्थिक वर्ष २०७८/०७९ का लागि ईकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस आधारमा भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भएका इकाईधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।

Comments

Back to top