नेपाल इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका

नेपाल इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गते देखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू बिर्तामोड झापा हनुमानदास रोड, विराटनगर, मोरङ, जनकपुरधाम धनुषा, आदर्शनगर वीरगञ्ज, पर्सा, हैटौंडा, मकवानपुर, नारायणगढ चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल रुपन्देही, बाग्लुङ बजार बाग्लुङ, त्रिभुवनचोक नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरमा बोलपत्र पेश गर्न सक्नेछन् ।

यसको बिक्री प्रबन्धक ग्लोबल आइमई क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top