एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत
एशियन लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । समितिले भदौ २० गते वित्तीय विवरण र लाभांश प्रस्ताव स्वीकृत गरेको कम्पनीले जनाएको हो ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७-७८ को संचित नाफाबाट चुक्ता पुंजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशतले नगद लाभांश गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
Comments