तीव्र गिरावट भैराखेको बजारको सम्भावित सपोर्ट कता ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

खस्दो बजारमा नेप्सेले वियरिस माराबोजु क्यान्डल बनाउँदै १९५१.७९ बिन्दुमा बन्द भएको छ , जसले बजार पूर्ण रुपमा कारोबार अवधिभर बिक्रीकर्ताको नियन्त्रणमा रहेको जानकारी गराउँदछ l अर्कोतर्फ, अन्तिम वेभको तेस्रो वेभ चलेको हुँदा भारि गिराबट आएको देख्न सकिन्छ l 

 

घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 लोवर ब्याण्ड नजिक आएर बनेको सुटिङ्ग स्टार क्यान्डलले यो ब्याण्डलाई केही तल मोडारी दिन  सक्ने हुँदा अन्तिम खसाई खस्न सक्ने अनुमान लगाउन सकिने  कुरालाई अन्तत : बजारले आज प्रमाणित गरिदिएको छ l  तसर्थ बोलिंजर ब्याण्डबाट पनि सकारात्मक हुन भने सकिंदैन l 

आर.एस.आई

  

 

आर.एस.आई   ३५  बिन्दु आसपासबाट केही माथि गएको  थियो l तर नजिकैको रेसिस्टेन्स ३७ बिन्दु भन्दा माथि जान सक्दैन भने चाहिँ पहिलो सपोर्ट २३ को रेन्ज आसपासमा  लिन सक्ने अनुमान लगाउन सकिने कुरा अनुमान गरिएकोमा परिणामस्वरूप  बजारले त्यही  दिशा तय गरेको छ l  

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा  हो  l यसले खरिद निर्णय दिन अरु समय लगाउन सक्ने कुरा बढेको हिस्टोग्रामबाट अनुमान लगाउन सकिन्छ l  त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर निरन्तर बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l 

 

निस्कर्ष :


 

नेप्सेको  पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l  सबै इन्डिकेटरबाट बजार विश्लेषण गर्दा खसाई रोकिएर बटम लागि सकेको आधार कतै नदेखिएको हुँदा एउटा खसाई अरु खस्न सक्ने सम्भावना बढेर गएको छ भन्ने हिजोको रिपोर्टलाई  अन्तत : बजारले प्रमाणित  गरिदिएको छ l इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १८९०-१९१५ रेन्जमा रहेकाले केही अंक बजार खस्न सक्ने अनुमान लगाउन सकिन्छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top