नेप्सेमा करिब २१ अङ्कको गिरावट, १७१ कम्पनी लागे ओरालो !

आज मंगलबार २१.२२ अङ्कले घटेर १.०८% गिरावटको साथ नेप्से परिसूचक १९५१.७९ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १४ कम्पनी उकालो लागेको छन्, १७१ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १३ उप-समुहहरुमध्ये १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा उन्नति सहकार्य लघुवित्त रहेको छ जसको ९.६८% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सानिमा माई हाइड्रोपावर रहेको छ जसको सेयर मूल्य ७.३२% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन एभरेस्ट इन्स्योरेन्स र भोलुममा कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ ।

Comments

Back to top