नेप्से इन्ट्राडे अपडेट: लगभग १० अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ। ९.९० अङ्कले घटेर नेप्से परिसूचक १९६३.१० मा आएको हो । आज २ घण्टामा लगभग ४३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सानिमा लार्ज क्याप फन्ड रहेको छ जसको ३.९०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सानिमा माई हाइड्रोपावर रहेको छ जसले ५.७३% गुमाएको छ ।
Comments