लगातार साइडवेज गएको बजारले बटम कहिले लगाउला ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्से चार्टको माध्यमबाट बजार विश्लेषण गर्दा आज स्पिनिंग टप क्यान्डल बनाउँदै १९७३.०१ बिन्दुमा बन्द भएको छ l यसको अर्थ अबको गिरावटमा एकुमुलेशन हुन सक्ने सम्भावना बढेर गएको छ l अर्को तर्फ निरन्तर १९७०-१९८० रेन्ज बीचमा भएको कारोबारले चौथो वेभको विशेषता देखाएको छ l अत : अन्तिम केही अंकको खसाई खसेर बजारले बटम लगाउन सक्नेतर्फ आधार बन्दै गएको अनुमान लगाउन सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स
घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l
बोलिंजर ब्याण्ड :
प्यानिक
बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी दुबै ब्याण्ड साँघुरीए सँगै भोलाटालिटीमा कमी आएको देख्न सकिन्छ l तथापि, लोवर ब्याण्ड नजिक आएर बनेको अनिर्णित प्रकारका डोजी क्यान्डलले यो ब्याण्डलाई केही तल मोडारेर अन्तिम खसाई खस्न सक्ने हुँदा बिस्तारै एकुमुलेशन हुन सक्ने सम्भावना बढेर गएको छ l
आर.एस.आई
आर.एस.आई ३५ बिन्दु आसपासमा साइडवेज गएको छ l यो इन्डिकेटरले भोलीको बजार हेरी सकेपछि मात्र थप निर्णयको लागि सघाउने छ l अर्कोतर्फ बजार खसेर बटम लगाउन सक्ने सम्भावाना बढेको हुँदा २३ बिन्दु आसपास आएर बलियो सपोर्ट लिन सक्ने आँकलन गर्न सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम लगातार घट्दै गएकोमा आज पनि केही घटेको देख्न सकिन्छ जुन आफैमा सकारात्मक कुरा हो l तर, सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ, जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि केही बढेको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन भने गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेको पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l सबै इन्डिकेटरबाट बजार विश्लेषण गर्दा खसाई रोकिएर बटम लागि सकेको आधार कतै नदेखिएको हुँदा एउटा खसाई अरु खस्न सक्ने सम्भावना बढेर गएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १८९०-१९१५ रेन्जमा रहेकाले विस्तारै एकुमुलेसन भई राखेको देख्न सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments