नेप्सेमा करिब साढे ४ अङ्कको गिरावट, कारोबार रकम १ अर्बभन्दा कम !
आज सोमबार ४.२९ अङ्कले घटेर ०.२२% गिरावटको साथ नेप्से परिसूचक १९७३.०१ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये ६१ कम्पनी उकालो लागेको छन्, ११६ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुमध्ये ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा मैलुंग खोला जलविद्युत कम्पनी रहेको छ जसको ७.४३% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजना रहेको छ जसको सेयर मूल्य ६.५५% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार रिडी पावर कम्पनीको भएको छ ।
Comments