नेप्से इन्ट्राडे अपडेट: लगभग ३ अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। २.६७ अङ्कले घटेर नेप्से परिसूचक १९७४.६३ मा आएको हो । आज २ घण्टामा लगभग ३५ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा रिडी पावर कम्पनी रहेको छ जसको २.३८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रुरु जलविद्युत परियोजना रहेको छ जसले ६.४५% गुमाएको छ ।
Comments