युरोपले आफ्नो अर्थतन्त्रलाई उर्जा-सङ्कटबाट जोगाउने प्रयास गर्दै

युरोपले आफ्नो अर्थतन्त्रलाई जोगाउने प्रयास गरिरहेको छ ।

युक्रेनको युद्धले युरोपको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । अहिले उर्जा को लागत बढ्दै जाँदा देशहरू जाडोको लागि उर्जाको जोहो गर्न कोसिस गरिरहेका छन्।

यस हप्ता जर्मनी, स्वीडेन र चेक गणतन्त्रले बढ्दो उर्जा लागत र मुद्रास्फीतिको सामना गर्ने उद्देश्यले उपायहरू प्रस्तुत गर्न थालेका छन् । फ्रान्सले सन् १९७० को दशकको तेल संकटपछि सबैभन्दा ठूलो उर्जा संरक्षण प्रयास गरिरहेको छ ।

बढ्दो मूल्यवृद्धिले सामाजिक अशान्ति निम्त्याउन सक्ने चिन्ता बढ्दै गएको छ । शनिबार प्रागमा दशौं हजार प्रदर्शनकारीहरू सडकमा ओर्लिएका थिए र जर्मनीमा अन्य विरोध प्रदर्शनको योजना बनाइएको छ।

क्रेमलिनको नियन्त्रणमा रहेको ऊर्जा कम्पनी गजप्रोमले जर्मनीमा समाप्त हुने नोर्ड स्ट्रिम १ पाइपलाइन अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको केही दिनपछि यो कदम चालिएको हो । सोही दिन, जी ७ राष्ट्रका अर्थमन्त्रीहरूले मस्कोको ऊर्जा राजस्वको केही कटौती गर्ने प्रयासमा रूसी तेलमा मूल्य सीमा लागू गर्न सहमत भएका थिए।

 यस उर्जा सङ्कटको सामना गर्न ईयूका ऊर्जा मन्त्रीहरूले यसै हप्ता आपतकालीन बैठकको तयारी पनि गरिरहेका छन्।

स्रोत: एजेन्सी

Comments

Back to top