कहिले हुँदैछ एनआईबिएल प्रगति फण्डको बुक क्लोज ?

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश बितरण प्रयोजनको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेको छ । त्यसकारण भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले मात्र प्रतिफल पाउन सक्नेछन् ।

फण्डले इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Comments

Back to top