खप्तड लघुवित्तको आईपीओ आज बाँडफाँड हुँने, सेयर पाउन भाग्यकै भर
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमबार) बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँड बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यलयमा बिहान १० बजे हुनेछ ।
अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् ।
माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३ सय ४० जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् ।
कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
Comments