इलेट सिद्वान्त अनुसार बजारले बटम लगाउन सक्ने आधार प्रबल बन्दै !
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्से चार्टको माध्यमबाट बजार विश्लेषण गर्दा आज सुटिंगस्टार क्यान्डल बनाउँदै १९७७.३० बिन्दुमा बन्द भएको छ l यसको अर्थ अबको गिरावटमा एकुमुलेशन हुन सक्ने सम्भावना बढेर गएको छ l
घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी दुबै ब्याण्ड साँघुरीए सँगै भोलाटालिटीमा केही कमी आउन सक्ने आँकलन गर्न सकिन्छ l तथापि, लोवर ब्याण्ड नजिक आएर बनेको सुटिङ्ग स्टार क्यान्डलले यो ब्याण्डलाई केही तल मोडिन सक्ने हुँदा अन्तिम खसाई खस्न सक्ने अनुमान लगाउन सकिन्छ l
आर.एस.आई
आर.एस.आई ३५ बिन्दु आसपासबाट केही माथि गएको छ l तर नजिकैको रेसिस्टेन्स ३७ बिन्दु भन्दा माथि जान सक्दैन भने चाहिँ पहिलो सपोर्ट २३ को रेन्ज आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम लगातार घट्दै गएकोमा आज पनि केही घटेको देख्न सकिन्छ जुन आफैमा सकारात्मक कुरा हो l तर, सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ, जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर साइडवेज गएको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन भने गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेको पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l सबै इन्डिकेटरबाट बजार विश्लेषण गर्दा खसाई रोकिएर बटम लागि सकेको आधार कतै नदेखिएको हुँदा एउटा खसाई अरु खस्न सक्ने सम्भावना बढेर गएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १८९०-१९१५ रेन्जमा रहेकाले विस्तारै एकुमुलेसन हुन सक्ने अनुमान लगाउन सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments