नेप्सेमा करिब ७ अङ्कको वृद्धि, १३३ कम्पनी लागे उकालो !
आज आइतबार ६.६८ अङ्कले बढेर ०.३४% वृद्धिको साथ नेप्से परिसूचक १९७७.३० अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १३३ कम्पनी उकालो लागेको छन्, ४१ कम्पनी ओरालो लागेका छन् भने १५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुमध्ये ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा रुरु जलविद्युत परियोजना रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ जसको सेयर मूल्य २.८६% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर रिडी पावर कम्पनीको र भोलुममा कारोबार एचआईडीसीएल प्रोमोटरको भएको छ ।
Comments