नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको २४ लाख १ हजार ४ सय ८२ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

नेपाल एसबीआई बैंक लिमिटेडले ५ वर्ष अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याज दिने "५ वर्ष, "१०.२५% नेपाल एसबीआई बैंक ऋणपत्र  २०८३" नाममा ऋणपत्र निष्कासन गरेको थियो । सोही ऋणपत्र कारोबारका लागि सूचिकृत भएको हो ।

Comments

Back to top