शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली धितोपत्र बोर्डको पाइपलाइनमा
अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृती मागेको छ । विद्युत नियमन आयोगले भदौ १२ गतेमात्रै अरुण काबेलीलाई चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको थियो। आयोगले स्वीकृति दिएसँगै सेबोनसँग हकप्रद स्वीकृतिका लागि कम्पनीले अनुमति मागेको हो ।
अरुण काबेली पावरले १०० अंकित दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद निष्काशन गर्नेछ । बिक्री प्रबन्धकमा नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
Comments