नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, आज कतिमा खुल्दैछ कारोबार ?
नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन भएको छ । नेप्सेले भदौ १७ गते कायम अन्तिम सेयरमूल्य ६९५ रुपैयाँलाई आधार मानेर ५ प्रतिशत बोनस सेयरपछिको मूल्य ६६१.९० रुपैयाँ तोकेको छ । आज सोही मूल्यको आधारमा कम्पनीको कारोबार खुला हुनेछ । नेपाल पुनर्बीमाले साधारण सभा भदौ ३० गते बस्दैछ ।
Comments