श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
संस्थाले १०० रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो। जसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
संस्थाको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
Comments