गौतम अडानीले जेफ बेजोसलाई पनि पछि पार्ने सम्भावना !

यो साता विश्वका धनाढ्यहरुको सूचीमा शीर्ष ३ मा परेका गौतम अडानीको सम्पत्ति तिब्र गतिमा बढिरहेको छ।

बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा आएको उछालका कारण पछिल्लो एक दिनमा अडानीको सम्पत्ति ५.२९ बिलियन डलरले बढेको छ। योसँगै अब गौतम अडानी र विश्वका दोस्रो धनीव्यक्ति जेफ बेजोसबीचको दूरी कम भएको छ। 

अडानीको सम्पत्ति यही तरिकाले बढ्दै गए केही दिनमै बेजोसलाई पछि पार्दै उनी विश्वको दोस्रो धनी व्यक्ति बन्न सक्ने सम्भावना प्रबल देखिन्छ।

गत अक्टोबर ३१ मा बजार बन्द भएपछि अडानीको कुल सम्पत्ति ५.२९ बिलियन डलरले बढेर १४३ बिलियन डलर पुगेको ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सको तथ्यांकले देखाएको छ। दोस्रो स्थानमा रहेको बेजोसको कुल सम्पत्ति हाल १५२ बिलियन डलर छ। 

Comments

Back to top