लोवर ब्याण्ड नजिक बनेका दुई डोजी क्यान्डलको संकेत के होला?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्से आज डोजी क्यान्डल बनाउँदै १९७० .६२ बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजारमा लगानीकर्ता प्यानिक हुँदै गएकोमा आज भने केही बिक्री चापमा कमी आएता पनि बजार अनिर्णित बन्दै गएको अनुमान लगाउन सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्से चार्टलाई हेर्दाखेरी दुबै ब्याण्ड साँघुरीए सँगै भोलाटालिटीमा केही कमी आउन सक्ने आँकलन गर्न सकिन्छ l तथापि लोवर ब्याण्ड नजिक लगातार बनेको डोजी क्यान्डलले बजार कत्ता जान सक्ला भन्ने कुराको निर्क्योल, आउने बजारलाई हेरेर थाहा पाउन सकिनेछ l
आर.एस.आई
आर.एस.आई घटेर ३५ बिन्दु आसपास आएको छ l यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम लगातार बढ्दै गएकोमा आज भने केही घटेको देख्न सकिन्छ जुन आफैमा सकारात्मक कुरा हो l तर, सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ, जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर साइडवेज गएको हुँदा केही समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन भने गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेको पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l सबै इन्डिकेटरहरुले नकारात्मक संदेश नै दिएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १८९०-१९१५ रेन्जमा रहेकाले विस्तारै एकुमुलेसन हुन सक्ने अनुमान लगाउन सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments