विश्व बजारमा पुन: घट्न थाल्यो कच्चा तेलको मूल्य

विश्व बजारमा कच्चा तेलको भाउमा लगातार ओर्लिन थालेको छ। 

रुस–युक्रेन युद्धले गर्दा केही महिनाअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलर सम्म पुगेको थियो। यो २००८ पछिको उच्चतम स्तर हो।

हिजो बिहीबारको प्रारम्भिक कारोबारमा करिब ३ प्रतिशतले घटेर ब्रेन्ट क्रुड प्रतिब्यारेल ९६.५० डलरमा कारोबार भइरहेको थियो। 

हिजोको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड २.८४ प्रतिशत अर्थात् २.८२ डलरले घटेर ९६.४९ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको थियो । त्यस्तै। यूएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि ०.३९ डलरले घटेर ८९.१६ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको थियो। 

इरान र पश्चिमी देशहरु आणविक सम्झौताको नजिक पुगेको खबरका कारण तेलको मूल्यमा गिरावट आएको थियो। तर, त्यसपछि साउदी अरेबियाको ओपेक प्लस देशहरुमा कच्चा तेल उत्पादन कटौती गर्न सक्ने चेतावनीका कारण तेलको मूल्य फेरी बढेको थियो।

स्रोत: एजेन्सी

Comments

Back to top