नेशनल हाइड्रोपावरको विशेष साधारण सभा आज, हकप्रद प्रस्ताव पारित हुने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा आज शुक्रबार (भाद्र १७ गते) बस्दैछ । सभा डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ । भदौ १० गतेका लागि डाकिएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेपछि सोहि दिन बसेको कम्पनीको सञ्चालक समितीले आजका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गरेको थियो त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top