आईपीओ प्रस्ताव सहित माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारण सभा
माथिल्लो मैलुङ खोला जलविद्युतले नवौं वार्षिक साधारणससभा डाकेको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त सभा असोज ६ गते विहान ११ बजे अकामा होटल, धुम्बाराही, काठमाडौंमा बस्नेछ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०७९ सम्मको वासलात २०७८/९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरिनेछ । उक्त सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछन् ।
यसका साथै कम्पनीको अधिकृत पूँजीमा वृद्धि गर्ने, संस्थापक सेयरधनीको समुह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको नियुक्ती/निर्वाचन गर्ने प्रस्तावहरुमा छलफल हुने छन् ।
Comments