आजसम्म सेयर खरिद गर्नेले नेपाल पुनर्बीमाको लाभांश पाउने
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज शुक्रबार (भदौ १७ गते ) अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्दैछ ।
यसअर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते, बिहीबार, कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।
Comments