डोजी क्यान्डल बनेसँगै भोलि बजारको दिशा कता ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

 

नेप्से  आज डोजी क्यान्डल बनाउँदै १९७२ .२९  बिन्दुमा बन्द भएको छ , जसको अर्थ बजारमा  लगानीकर्ता प्यानिक हुँदै गएकोमा आज भने केही बिक्री  चापमा  कमी  आएको  देख्न सकिन्छ l

सपोर्ट र रेसिस्टेन्स :

 

घट्दो बजारको पहिलो सपोर्ट १९१५ बिन्दुमा छ l अर्कोतर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाही दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट हिजो नेप्से चार्टलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक आएर इभिनिंग स्टार क्यान्डल बनेको देख्न सकिन्थ्यो   l जसको अर्थ लोवर ब्याण्डलाई समाउदै बजार केही समयको लागि डाउनट्रेन्ड नै जान सक्ने कुराको  अनुमान लगाउन सकिने कुरामा आज बनेको डोजी क्यान्डलले अनिर्णित बनाएको हुँदा भोलीको बजार निर्णायक देखिन सक्ने कुराको अनुमान लगाउन सकिन्छ l 

आर.एस.आई

  

 

आर.एस.आई  घटेर ३५  बिन्दु आसपास आएको छ  l  यसको अर्थ बजारमा बिक्री चाप बढेकाले खरिद बलमा ह्रास आएको बुझ्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पहिलो सपोर्ट २३ को आसपासमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l  

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम लगातार बढ्दै गएकोमा  आज भने केही घटेको देख्न सकिन्छ जुन आफैमा सकारात्मक  कुरा हो l तर, सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर साइडवेज गएको हुँदा केही  समय लगाएर निकट भविष्यमा बुलिस मोमेन्टम आउन सक्ने आँकलन भने गर्न सकिन्छ  l 

 

निस्कर्ष :


 

नेप्सेको  पहिलो सपोर्ट १९१५ बिन्दु आसपास देखिएको छ l  सबै इन्डिकेटरहरुले नकारात्मक  संदेश नै दिएको छ l अत: इलेट सिद्धान्तबाट हेर्दा खेरी पनि अबको नजिकैको सपोर्ट १९१५ आसपास देखिएको छ, जहाँ तेस्रो वेभ अन्त्य भएर चौथो वेभ केही अंक माथि  जाने र अन्तिम  'पाँचौ  वेभ'  भने १८५० बिन्दु आसपासमा आएर बटम लागाउन सक्ने आधार बलियो हुँदै गएको प्रक्षेपण गर्न सकिन्छ l   

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top