नेप्सेमा करिब १ अङ्कको गिरावट, १ अर्ब ३८ करोडको कारोबार !
आज बिहिबार १.०८ अङ्कले घटेर ०.०५% गिरावटको साथ नेप्से परिसूचक १९७२.२९ अंकमा बन्द भएको छ। कारोबार भएका २२५ कम्पनीमध्ये ११२ कम्पनी उकालो लागेको छन्, ७० कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुमध्ये ७ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा टप गेनरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन कम्पनी रहेको छ जसको सेयर मूल्य ४.३८ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नेपाल टेलिकमको र धेरै भोलुममा कारोबार प्रभु सेलेक्ट फन्डको भएको छ ।
Comments